Date
आइत, कार्तिक ७, २०७८
Sun, October 24, 2021

सुनको मूल्य ह्वात्तै घट्यो

४ असार, काठमाडौं – साताको अन्तिम दिन आज स्थानीय बजारमा सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा १२ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज ३५ रुपैयाँले घटेर १ हजार ३०५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE