थप ३,८४० जनामा कोरोना संक्रमण, ३३ जना मृत्यु
१३ साउन, काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभरमा ३ हजार ८ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८ सय ८६ पीसीआर परीक्षण गर्दा २हजार ६ सय ३४ र ४ हजार ९ सय २२ एन्टिजेन परीक्षणमा १ हजार २ सय ६ जना गरी ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८ सय ५९ जनामा कोरोना संक्रमण भएको छ । जसमा काठमाडौं जिल्लामा ५ सय ५९, ललितपुरमा २ सय ६ र भक्तपुरमा ९४ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै ३३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४ सय ४४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE