Date
बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

बार्साको जीतमा लेवान्डोस्कीको ह्याट्रिक

काठमाडौँ – रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकको मद्दतले स्पेनिस महारथी बार्सिलोनाले भिक्टोरिया प्लेजनमाथि ५-१ को सहज जित हासिल गरेको छ । ३४ वर्षीय पोल्याण्डका फरर्वाडले बायर्न छाडे यता यो सिजन ५ खेलमा ८ गोल गरिसकेका छन् ।

खेलमा फ्रांक केइसीले खेलको १३ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा लेवान्डोक्सीले अग्रता दोब्बर बनाए । ४४ औँ मिनेटमा पाहुना टोलीले एक गोल फर्काए पनि पहिलो हाफको इन्जुरी समयमा लेवान्डोक्सीले अर्को गोल थपे ।

दोस्रो हाफको ६७ औँ मिनेटमा उनले आफ्नो ह्याट्रिक पुरा गरे । च्याम्पियन्स लिगमा तीनवटा फरक टोलीका लागि ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । उनले यसअघि बोरुसिया डर्टमण्ड र बायर्न म्युनिखका लागि ह्याट्रिक गरेका थिए । च्याम्पियन्स लिगको समूह चरणका पछिल्ला २० खेलमा उनले ३२ गोल गरेका छन् ।

७१ औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्साको सहज जीत सुनिश्चित गरे । बार्साको लगातार चौथो जीत हो । यो सिजन टोली अपराजित रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE