Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनः स्थानीय तहको मतगणना सकिँदासम्म कांग्रेस उम्मेदवारको अग्रता

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनः स्थानीय तहको मतगणना सकिँदासम्म कांग्रेस उम्मेदवारको अग्रता

१७ जेठ, काठमाडौं– लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिको मतगणना सकिएको छ।

स्थानीय तहको तर्फबाट उपनिर्वाचनमा जम्मा २१२ सदस्य रहेका थिए । २१२ सदस्यमध्ये १ मत बदर भएको थियो। सदर भएका २११ मतमध्ये नेपाली कांग्रेसका उम्मेदवार दृघनारायण पाण्डेले ११८ मत पाएका छन् । यस्तै बाँकी ९३ मत नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्काले पाएका छन् ।

मत परिणामलाई मतभारमा परिणत गर्दा पाण्डेको २१२४ र खड्काको १६७४ हुन्छ।

स्थानीय तहका जनप्रतिनिधिको मतगणनापछि अब प्रदेश सभा सदस्यको मतगणना हुँदैछ। उपनिर्वाचनको मतपरिणाम आजै आउने निर्वाचन आयोगले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE