जहाँ दुःख भुलेर खुशी हुन्छ ‘दिल‘ प्रकृतिको उपहार ‘पुन हिल’
नेपाल घुम्न आउनुभएको हाम्रो संस्थाका कोरियाली साथीहरू हिमाल हेर्ने ईच्छा गर्नु भयो । हुन त काभ्रे अग्लो स्थान नमोबुद्द दाप्चाबाट पनि सेता हिमालको घेरा स्पष्ट देखिन्छ .....
कार्तिकको महिना भर्खरै चिसो सुरु हुँदै थियो । दशै तिहार सकिएपछिको मौषम खुल्ला थिए । घुम्न जाने मौषम । साथिभाइ कहाँ कहाँ जाने योजन बुन्द्र थिए । कामको चटारो त्यहाँमाथि विदेशी पाहुँना पनि आएकाले मेरो घुम्ने योजना गुमिसकेको थियो । तर एकदिन आएका विदेशी पाहुनाले नै घुम्ने रहर गरेपछि मलाई त बाहना नै के चाहियो र ? योजना बन्यो पुन हिल जाने । ०००
प्रायः मिल्ने साथी,परिवार आफन्त र मनमा बसेको प्रेमी प्रेमिका घुम्न जाने गरिन्छ । कहिलेकाँही आफुसंग मनमा बसेको साथि न भएपनि त्यस्तो ठाँउ घुम्ने संयोग आउछ । तर, जब सुन्दर ठाँउमा पुगिन्छ तब आफुले माया गरेको मान्छेलाई खोजिन्छ । साथमा नभएपनि ऊ संगै छु भन्ने अनुभुतिका साथै प्रकृतिसंग आफुलाई टस्साएर तस्वीर लिइन्छ । प्रियजनलाई कल्पिदै मनमनै अन्तरंग कुराकानी गरिहेको हुन्छ । ०००
नेपाल प्रकृतिको सुन्दर फुलबारी हो । नेपाल विश्वमा नै सुन्दर पहाड र हिमालको देश भनेर चिनिन्छ । प्राकृति सुन्दरतामा रमाउने मानिसका लागि यो देश स्वर्ग हो । म पनि प्रकृति प्रेमी र घुम्न रहर गर्ने मानिस हुँ तर समय परिस्थिति नै नमिले पछि रहरमात्र भएर नहुने रहेछ । ०००
नेपाल घुम्न आउनुभएको हाम्रो संस्थाका कोरियाली साथीहरू हिमाल हेर्ने ईच्छा गर्नु भयो । हुन त काभ्रे अग्लो स्थान नमोबुद्द दाप्चाबाट पनि सेता हिमालको घेरा स्पष्ट देखिन्छ । तर नजिक बाट स्पर्श भने होइन । पाहुनाले रहर गरेपछि मैले पनि हिमाललाई नजिकैबाट नियाल्ने अवरसर पाए ।
पर्यटकहरु हिमालको काखमा खेल्छन् भन्ने सुनेको थिए । त्यस माथि पनि हिमालको देशमा आएर त्यो रहर पूरा गर्न खोज्नु अनौठो भएन । उनीहरुको रहरमा मैले पनि एक अवसर पाए । थोरै समयमा पुगेर आउन सक्ने हिमालको बारेमा बुझ्दै गए । छोटो अनि सजिलै जान सकिने हिमाल हेर्ने क्याम्प पुन हिल हो भन्ने पत्तो लाग्यो । सोही अनुसार जाने टोली तयार भयो । उमेरले पाका कोरियन –अमेरिका बस्दै आएका) साथीहरूसंग म ठिटो पनि हिड्ने भए । म त उत्साहित थिए नै । उहाँहरु पनि फुरुङ्ग हुनुहुन्थ्यो । आँखै अगाडी माछापुच्छ्रे हिमाल देख्न पाउने भएपछि मन रमाउने नै भयो । ०००
कार्तिक २६ गते मेरो अफिसको लेखापाल (साली) सरिता तामाङ, म अनि कोरियन साथीहरू दाप्चाबाट बस रिजर्भ गरी पोखरा गयौं हिड्यौ । हिमाल हेर्न बसमा हिडेका हाम्रो खुशीको कुनै सीमा नै थिए । बस भन्दा अघि अघि मन हिडिरहेको थियो । मनमनै गम्दै थिए–कस्तो होला पुन हिल । आफ्नै रफ्तारमा हिडेको बस ठाँउ ठाँउमा खाना खाजा खुवाउन रोकिन्थ्यो । केही बेर रोकिँदा पनि बदमास मन भने उडेर पुन हिल तिरै पुग्थ्यो । ०००
पोखरा पुगेपछि प्लान बन्यो हिड्न सक्नेहरु पुन हिल जाने । हिंड्न नसक्ने पोखरा बसेर हेलिकोप्टरबाट अन्नपूर्ण नियाल्ने । म साली सरिता अनि ८ जना कोरियाली साथीहरू साथै ८ जना नै झोला बोक्ने सहयोगी साथीहरु अनि एउटा गाईड दाइ लिएर पोखराबाट पुन हिलका लगि निस्कियौँ ।
ठाँउ ठाँउमा खाजा खादै गफिदै करिब ५/६ घण्टाको हिडाई पछि हामी सुन्दर गाउँ म्याग्दीको घोडेपानी पुग्यौँ । अन्तै हिडेका हामी त्यस गाउँको सुन्दरतामै अल्मलियौँ । रोचक घतलाग्दो इतिहास बोकेको घोडेपानी । पर्यटकीय बस्ती । धौलागिरि हिमालको काख । हिमाल देखेपछि हामी झनै हौसियौँ ।०००
सुन्दर गाउँ हाम्रो अन्तिम यात्रा देखि केही तल होटेलमा बस्यौँ । चिसो मौषम, अधेरी रात, आगोको राप ताप्दै प्रियसीलाई सम्झदैमा बिहानको ४ बज्यो । मलाई सुन्दर ठाँउमा पुग्दा अन्य मित्रको भन्दा तोतेबोली बोल्दै गरेकी छोरीको खुबै याद आइरहेको थियो । ०००
पुनमगरहरुको ऐतिहासिक थलो । पुनमगरहरुको मात्र बस्ती रहेछ । पुन मगरहरुको ऐतिहासिक थाक थलो भएकै कारण यस हिमालको नाम पुन हिल रहेको रहेछ । आफु पुगेको स्थानसंग जोडिएको इतिहासले झन् खुशी मिल्यो ।
केही नेपाली पर्यटक अनि विदेशी पाहुनाको साथमा पसिना पुस्दै हामी उकालो बाटो हिड्यौ । डरलाग्दो उकालो । नाकै ठोकिनेजस्तै। बिहानको झिसमिसेमै निस्किएका हामीहरु करिब १ पुन हिल पुग्यौँ । करिब ३२१० मिटर मा अबस्थित पुन हिल । दृश्यका लागि उत्कृष्टस्थल हो नै पुन हिल, आँखै अगाडि हिम श्रृखंला । पुन हिल पुग्यौं, हामीलाई स्वर्गमा पुगेको आभास भयो । पुन हिल पुगेपछि सूर्योदयको आनन्दसँगै धौलागिरि, अन्नपूर्ण लगायतका हिमश्रृंखला घामको झल्कोसँगै आँखै अघिल्तिर नाच्न पो लागे । अघिसम्म उकालो हिड्दा लागेका थकाइहरु सबै हराए । आँखा अगाडी भएको हिमाल छोडर हिड्नै मन लागेन । बरु लाग्यो प्रकृतिको न्यानो अंगालोमा बेरिरहुँ । ०००
हिमालको काखमा केही समय बिताएपछि हामीले घोरेपानीबाट घान्द्रुरुक जाने निर्णय ग¥यौँ । उकालो र ओरालोहरू निकै धेरै आउँदा रहेछन् । बाटो अफ्टयारो देखेपछि हामीसंगै सहयात्रा गरीरहेका २ जना कोरियाली साथि हिड्न सक्नुभएन । अन्यसाथिहरु घान्दुरुकको बाटो गएपनि म र २ कोरियाली मित्र उल्लेरि हुँदै फर्किए । ०००
-केशव कुमार राई
उदयपुर–हाल काभ्रे
WRITE COMMENTS FOR THIS ARTICLE