आइतबार थपिए १ सय ५६ जना कोरोना संक्रमित, निको हुनेको संख्या ११ हजार ६ सय ९५
श्रावण ४, काठमाडौँ
पछिल्लो २४ घन्टामा नेपालमा १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको छ । पछिल्लो २४ घन्टामा मुलुकभरका २७ वटा प्रयोगशालामा ३ हजार ७ सय ४१ वटा पीसीआर परीक्षण गरिएको थियो । जसबाट १ सय ५६ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ जना पुगेका छन् । अहिलेसम्म प्रदेश नम्बर १ मा ८ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ५ सय ५१, वाग्मती प्रदेशमा ८ सय ५६ र गण्डकी प्रदेशमा १ हजार ३ सय ८१ जनामा संक्रमण देखिएको छ । यस्तै, प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भएको छ ।
अहिले देशका विभिन्न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन् । हाल देशभरीका क्वारेन्टाइनमा २२ हजार ६ सय ६१ जना रहेका छन् भने आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । अहिले सम्म कोरोनाबाट निको हुनेको संख्या ११ हजार ६ सय ९५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार पछिल्लो २४ घन्टामा ५८ जना संक्रमित निको भएर फर्किएको बताएका हुन् । यो संख्या कूल संक्रमितको ६६ दबमलब २३ प्रतिशत हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE