Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

काठमाडौं उपत्यकामा थप १५ सय ३३ जनामा संक्रमण

२३ कात्तिक
काठमाडौं,
– काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३३ संक्रमित फेला परेका छन् । जस्मा ७ सय १० महिला र पुरुष ८ सय २३ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ८८ हजार ७ सय २७ पुगेको छ ।

योसंगै काठमाडौंमा ७२ हजार ६७ जना, ललितपुरमा १० हजार १ सय ५३ , भक्तपुरमा ६ हजार ५ सय ७जना संक्रमित थपिएका छन् ।काठमाडौंमा होम आइसोलेसनमा रहनेको संख्या ११ हजार ६ सय ३८ ,ललितपुरमा १ हजार ७ सय ५२ र भक्तपुरमा १ हजार ८ सय ३ रहेको छ ।

योसंगै काठमाडौं उपत्यकामा होम आइसोलेसनमा बस्नेको कुल संख्या १४ हजार ३ सय ९३ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE