Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

शान्ति प्रक्रियामा आएपछि पहिलोपटक ‘विप्लव’ले गरे ‘प्रचण्ड’सँग खुमलटारमा भेटघाट

शान्ति प्रक्रियामा आएपछि पहिलोपटक ‘विप्लव’ले गरे ‘प्रचण्ड’सँग खुमलटारमा भेटघाट

३० असार, काठमाडौं– शान्ति प्रक्रियामा हस्ताक्षर गरेयता पहिलोपटक नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

बुधबार ‘विप्लव’ले अध्यक्ष प्रचण्डलाई खुमलटारस्थित प्रचण्ड निवासमा नै पुगेर भेट गरेका हुन् ।

ओली सरकार रहँदा शान्ति प्रक्रियामा हस्ताक्षर गरेका उनले ओली सरकारको बहिर्गमनसँगै अध्यक्ष प्रचण्डलाई भेट्नु अर्थपूर्ण मानिएको छ । ओली सरकारमा शान्ति प्रक्रियामा आउँदा ३ बुँदे सहमति भएको थियो ।

निवर्तमान प्रधानमन्त्री ओलीसँग गरिएको सहमतिमा नेता कार्यकर्ता रिहा गर्न सर्त राखिएको थियो । तर, अहिलेसम्म विप्लव समूहका नेता कार्यकर्ता रिहा भइसकेका छैनन् ।

WRITE COMMENTS FOR THIS ARTICLE