जिल्ला स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुदैँ
नेपाल लोकतन्त्रिक खेलकुद संघ रामेछापले जिल्ला स्तयि पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । निरन्तर रुपमा खेलको क्षेत्रमा काम गर्र्दै आएको उक्त संस्थाले अहिले सम्मकै उच्च पुरस्कार राशी सहित सो खेलको आयोजना गर्न लागेको हो । रामेछापको मन्थलीमा विर गणेशमानसिंह स्मृति जिल्ला स्तरिय खूल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन लागिएको हो।
मंसिर २५ गते देखि २९ गते सम्म सञ्चालन हुने दोस्रो विर गणेशमानसिंह स्मृति जिल्ला स्तरिय खूल्ला पुरुष भलिबल प्रतियोगिता तथा खेलाडि सम्मान साथै बृहत सांस्कृतिक कार्यक्रम संचालन हुने आयोजकको भनाई रहेको छ ।
खेलमा प्रथम पुरस्कार नगद रु १ लाख ११ हजार १ सय ११ सहित सिल्ड मेडल र प्रमाणपत्र, द्वितिय पुरस्कार नगद रु ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र,तृतिय पुरस्कार नगद रु ३३ हजार ३ सय ३३ सिल्ड मेडल र प्रमाणपत्र,र सन्त्वना पुरस्कार नगद ११ हजार १ सय ११ सिल्ड मेडल र प्रमाणपत्र रहेको आयोजकका तर्फबाट रमेश खड्काले जानकारी दिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE