मेलम्चीको मुख्य गेट फुट्याे, बगेर इन्जिनियर र चालक बेपत्ता
काठमाडौँ-बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ आइनपुग्दै मंगलबार मुख्य सुरुङ मार्गभित्रको गेट एक्कासि फुट्दा इन्जिनियर र एक चालक बगेर बेपत्ता भएका छन् । साइट इन्जिनियरसहित दुई गम्भीर घाइते छन् । हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहानस्थलको मुख्य सुरुङको १७ नम्बर गेट फुटाएर बीचमा जोडिएको अम्बाथान अडिटबाट निस्किएको पानीले बाढीको रूप लिँदा घटना भएको हो ।
प्राविधिकका अनुसार मुख्य सुरुङबाट गेट फुटेर फर्किएको पानी बीचको गेट बल्बसमेत टुटाएर मुख्य सुरुङसँकै बीचमा जोडिने सहायक अडिटबाट निस्किएको हो । गेट नम्बर १७ र गेट बल्बमा समस्या देखिएपछि दुई इन्जिनियरसहित हेल्पर र प्राविधिक सुरुङभित्र बुझ्न जाँदै थिए । त्यही क्रममा उनीहरूलाई बीचैबाट बगायो, गेट नम्बर १७ मा सुरुदेखि नै समस्या रहेको एक प्राविधिकले जनाकारी दए ।
उनका अनुसार आयोजनाको ग्याल्थुम, सिन्धुदेखि अम्बाथानसम्म ३ वटा अडिट मार्ग पानी र बालुवा थिग्य्राएर फाल्नका लागि बनाइएका छन् ।सुरुङस्थलभित्रको सम्पूर्ण संरचनादेखि ‘अडिट गेट’ अर्थात् गेट नम्बर १७ सुरक्षित भनिए पनि कसरी फुट्यो भन्नेबारे कारण फेला पार्न नसकेको आयोजनाले जनाएको छ । अहिले मुख्य सुरुङभित्रको संरचना पूरै क्षतविक्षत हुन पुगेकाले त्यहाँ कोही जान सक्ने अवस्था नरहेको र फिल्डमा नपुगी कसरी घटना भयो भन्ने आधार नभएको आयोजनाका एकजना इन्जिनियरलले जनारकारी दिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE