हत्या गरी फरार रहेका आरोपी १२ वर्षपछि पक्राउ
१९ आश्विन, बर्दिया – बर्दियाको गुलरियामा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । २०६६ पुस १५ मा गुलरिया नगरपालिका–२ स्थित गुजरानामा घरमा सुतिरहेका घिरउ गोडियाको हत्या भएको थियो।
हत्या गरेर फरार भएका बारबर्दिया नगरपालिका–७ घर भएका बिहारी थारु उर्फ राम बिहारीलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले बताउाुभयो । असोज १७ मा बर्दियाबाट खटिएको प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपलिका–१८ स्थित कारकाँदोबाट उनलाई पक्राउ गरेको हो ।

मदिरा पिएर घरमा गएपछि घिरउ र राम बिहारीको बिचमा काठ तस्करी गर्नेबारेमा कुरा भएको थियो । तस्करीबारे सामान्य विवाद भएको र घिरउ सुतेपछि अर्को एकजनासँग मिलेर राम बिहारीले छुराले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
हत्यापछि दाङमा गएर ससुराली घरमा केही समय बसेका राम बिहारी त्यहाँ घर बनाउने मजदुरको काम गर्न थालेका थिए । दाङमा उनी लामो समय घर बनाउने काम गरेर बसे । पछि परिवारसहित नेपालगञ्ज स्थित कारकाँदोमा मिस्त्रीको काम गरेर बस्न थालेको सुराकको आधारमा प्रहरीले उनलाई पक्रेर अनुसन्धान शुरु गरेको छ ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE