Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण, आगामी पाँच महिनामा दुई लाख संक्रमित थपिन सक्छन्

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण, आगामी पाँच महिनामा दुई लाख संक्रमित थपिन सक्छन्

११ साउन, काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण आगामी ५ महिनामा थपिने बताएको छ । पछिल्लो समय थप कोरोना संक्रमणको संख्या बढीरहेको बताउदै मन्त्रालयले संक्रमणको आगामी ५ महिनामा करिब २ लाख पुग्ने जनाएको हो ।

मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेका प्रयासहरूको संक्षिप्त विवरण तथा आगामी कार्यदिशा प्रस्तुत गर्दै यस्तो बताएको हो ।

मन्त्रालयका अनुसार हालको स्थिर अवस्थालाई हेर्दा आगामी पाँच महिनामा एक लाख ९३ हजार ८५६ नयाँ संक्रमित थपिने जोखिम रहेको बताएको छ ।

संक्रमितमध्ये ३८ हजार ७७१ जनालाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र तिनमा पनि ९ हजार ७९३ जनालाई सघन उपचार गर्नुपर्ने सम्भावना रहेको बताएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE