थप १ हजार ८०१ जना कोरोना संक्रमण, २३ मृत्यु
३ साउन, काठमाडौँ – नेपालमा आइतबार थप १ हजार ८ सय १ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६ सय २८ पीसीआर परीक्षणका क्रममा १ हजार २ सय २३ र ३ हजार एन्टीजेन परीक्षणका क्रममा ५७८ जनामा कोभिड पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । त्यस्तै कोभिडका कारण थप २३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिडका कारण ९ हजार ५ सय ५० जनाको मृत्यु भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE