Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

कोरोना नियन्त्रणसम्बन्धी अध्यादेश पालना गर्न काठमाडौं प्रशासनको अनुरोध

कोरोना नियन्त्रणसम्बन्धी अध्यादेश पालना गर्न काठमाडौं प्रशासनको अनुरोध

१० जेठ, काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारले ल्याएको कोरोना संक्रमण नियन्त्रण अध्यादेशको पालना गर्न सर्वसाधारणलाई अपिल गरेको छ ।

प्रशासनले आज एक सूचना जारी गर्दै कोभिड–१९ रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन सो अध्यादेशको अक्षरस पालना गर्न सर्वसाधारण सम्पूर्णमा अपिल गरेको हो । प्रशासनले उक्त अध्यादेको पालना नभए कानुन अनुसार कारवाही गरिने चेतावनी पनि सूचनामार्फत दिएको छ । अध्यादेशमा जारी भएको मापदण्ड पालना नगरेमा ६ महिनासम्म कैदवा ती लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने पनि प्रशासनले जनाएको छ ।

सूचनामा कुनै व्यक्तिले अध्यादेश उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयाँसम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिबाना हुनसक्ने व्यवस्था लेखिएको छ ।

त्यस्तै मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैयाँ, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा अध्यादेश उल्लंघन गरेमा पटकैपिच्छे दुईसय रुपैयाँ, सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमति विना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेक सवारी साधन चलाएमा पटकैपिच्छे दुई पाङ्ग्रे सवारी साधनमा भए दुई हजार रुपैयाँ र अन्य सवारी साधन भए पाँच हजार रुपैयाँ तत्कालै सुरक्षाकर्मीले जरिबाना गर्न सक्ने सूचनामा जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE