दैलेखमा गाडी दुर्घटना हुँदा एकको मृत्यु १५ घाइते
२७ फागुन
काठमाडौँ – दैलेखको आठबिस नगरपालिका–१ डाब स्यालाघाटमा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२००१ ख ०२४७ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल खस्दा १ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा कालिकोटका अन्दाजी ३८ वर्षीय जितेन्द्रबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरीका अनुसार गाडीमा रहेका १८ जनामध्ये १० जना गम्भीर घाइते, ५ जना सामान्य घाइते र १ जनाको मृत्यु भएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE