Date
बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सुनको मूल्य घट्यो

२७ असोज
काठमाडौँ  – मंगलबार सुन चाँदीको भाउमा गिरावट आएको छ । सोमबार तोलाको ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर ९५ हजार १ सयमा झरेको हो । तेजावी सुन पनि आज तोलामा ५ सयले नै घटेर ९४ हजार ६ सय रुपैयाँमा आईपुगेको छ ।

चाँदीको भाउमा पनि आज १० रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १२ सय २५ रुपैयाँ कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८१ हजार ५३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार १०१ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५० रुपैयाँ कायम गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE