Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

मिलिजुली टिकटक परिवारद्वारा खाद्यान्न सामाग्री वितरण

मिलिजुली टिकटक परिवारद्वारा खाद्यान्न सामाग्री वितरण

३ असार, काठमाडौं– मिलिजुली टिकटक परिवारले काठमाडौंको भृकुटीमण्डपमा नेपाल होचापुडका संघमा आवद्ध रहेका ३० परिवारलाई खाद्यान्न सामाग्री बितरण गरेको छ।

गणेशमान कृष्णप्यारी प्रतिष्ठान र मिलिजुलि टिकटक परिवारले संयुक्त आयोजनमा मंगलबार बिहान काठमाडौको भृकुटीमण्डपको होचापुडका संघमा आबद्ध रहेका ३० परिवारलाइ ४७ हजार ७ सय रुपैयाँ बराबरको खाद्यान्न सामाग्री बितरण गरेको हो ।

प्रतिष्ठानले ३० परिवारको लागि १ महिना खाना पुग्ने चामल ४५० के.जी., दाल ६० के.जी., ३० लिटर तेल, १२ के.जी. सोयाबिन, ३० के.जी. नुन, ५ कार्टुन चाउचाउ, भाडा माज्ने साबुन–५ दर्जन, लुगाधुने साबुन–५ दर्जन र बिस्कुट ६ कार्टुन बितरण गरेका कार्यक्रम संयोजक के. बि. थापा (सुमन) ले बताउनुभयो ।

नेपाल होचापुडका संघका अध्यक्ष निर्मल मंग्रातीले विभिन्न जिल्ला बाट काठमाडौ आइ बसोबास गरेका होचपुडाकाहरुको बिश्वब्यापी फैलिएको कोरोना माहामारीका कारण रोजगारी गुमेको र चुलो बाल्न पनि धौ–धौ परेको अबस्थामा मिलिजुली टिकटक परिवारले यति ठूलो सहयोग गरेकोमा धन्यवाद दिनुभएको थियो।

कार्यक्रममा मिलिजुली टिकटक परिवारका कार्यक्रम संयोजक के. बि. थापा (सुमन), मिलिजुली परिवारका सदस्यहरु हेम अबिरल, सृजना खडका, अजय पाण्डे, सुदिना खड्का, शेखर चिमौरिया, सानू शर्मा, लक्ष्मी भन्डारी, र निपुणराज श्रेष्ठको उपस्थिति रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE