काठमाडौँ महानगरः बालेन स्थापित र सिंहको भन्दा दोब्बर मतले अघि
१ जेठ, काठमाडौं – यतिखेर काठमाडौं महानगरको मतपरिणम आकलन गरे भन्दा फरक बनिरहेको छ । सबैको चासोको विषय बनेको काठमाडाँै महानगरपालिकाको मतगणना रोचक बनिरहेको छ। शनिबार बिहान ८ बजेबाट सुरु भएको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन्।
हालसम्म करिब ८ हजार मतगणना भइसकेको छ।
अहिलेसम्मको ताजा अवस्था हेर्दा साहले ३ हजार १ सय १० मत ल्याएका छन्। यो मत ठूलो दल नेकपा एमालेबाट उम्मेदवार उठेका केशव स्थापित र गठबन्धनबाट उठेकी सिर्जना सिंहले पाएको कुल मत बराबर हुन आउँछ।
हालसम्म स्थापितले १ हजार ६ सय ४५ मत पाएका छन् भने सिंहले १ हजार ६ सय ०२ मत रहेको छ। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा काठमाडौंबाट करिब ५२ प्रतिशत मत खसेको जनाइएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE