Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेपाल नाम अघि विशेषण जोड्नु आवश्यक छैन : थापा

काठमाडौँ, २१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ हो । नामको अगाडि विशेषण जोड्नु आवश्यक नभएको टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘संघीयता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन, प्राचीनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो । नामको अगाडि विशेषण जोड्नु आवश्यक थिएन। सरकारको निर्णय ठीक छ ।’

उनले नाम अगाडि रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट उनीहरुका मान्यता कति कमजोर धरातलमा खडा गरिएका रहेछन् भन्ने प्रष्ट रहेको भन्दै आलोचना गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE