सिन्धुलीमा पुष्पकमल दाहाल
४ चैत
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सिन्धुली गएका छन् । श्रीमती सीतासँगै उनी बुधबार सिन्धुली गएका हुन् ।
‘कुनै औपचारिक कार्यक्रम त छैन । तर, कार्यकर्ता भेटघाटको लागि उहाँ सिन्धुली जानु भएको हो’ दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
बिहीबार बिहान स्थानीय कार्यकर्ता भेटघाटको कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ । दाहाल धेरै तनाव भएको अवस्थामा यस अघि पनि पटक–पटक सिन्धुली पुग्ने गरेका थिए ।
सर्वोच्च अदालतले एकीकरण पछि बनेको नेकपाको एकीकरण अस्वीकार गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि राजनीतिक माहोल तातेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE