जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई
जसपाको समर्थन प्रधानमन्त्री ओलीलाई
७ जेठ, काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो पक्षका सांसदको बैठकले अहिलेका परिस्थितिमा प्रधानमन्त्री ओलीका पक्षमा उभिने निर्णय गरेको हो ।
नेता महतोले वर्तमान सरकारका प्रधानमन्त्री ओलीले मधेशका माग पूरा गराउने पहल गरिरहेकाले आफूहरुले उहाँलाई समर्थन जनाउने निर्णय गरेको जानकारी दिए । “हाम्रा मुद्दालाई वर्तमान सरकारले सकारात्मक रुपमा लिएको हुनाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने निर्णय गरिसकेका छौँ”, उनले भने । बैठकमा बिहीबार प्रधानमन्त्री ओलीसँगको छलफलबारे अध्यक्ष ठाकुर र नेता महतोले आफ्ना सांसदलाई ब्रिफिङ गरेका थिए । बैठकले निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको थियो ।
जसपाको निर्णयपछि प्रधानमन्त्री ओलीले आफ्नो पार्टीसहित जसपा सांसदहरुको समर्थनमा बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा आफ्नो दाबीसहित राष्ट्रपतिलाई निर्धारित समयअघि नै हस्ताक्षर बुझाइसकेका छन्। विपक्षी गठनधनबाट काँग्रेस सभापति शेरबहादुर देउवाले पनि बहुमतको दावी गर्दै राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE