Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै जाँदा अक्सिजन आपूर्तिमा कठिनाइ

२४ बैशाख, काठमाडौँ-ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालले अक्सिजन आपूर्तिमा कठिनाई भएको अस्पलाले जनाएको छ । कोरोना संक्रमणका बिरामीहरु सबै प्राय अक्सिजनमा नै राख्नुपर्ने अवस्थाका कारण अस्पतालमा उपलब्ध हुने अक्सिजन पर्याप्त नभएको अस्पतालका कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँले थप दुर्घटना हुन नदिन अक्सिजन आपूर्तीमा सहजीकरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

अधिकृत पोखरेलले अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै जाँदा अक्सिजन आपूर्तिमा कठिनाइ भएको जानकारी दिनुभयो । “हाल अक्सिजनका कारण अस्पतालमा कारोना सङ्क्रमितको उपचारमा समस्या देखिन शुरु भएको छ, अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा अक्सिजन आपूर्तिमा समस्या थपिँदै गएको छ, प्रायः कोरोना पोजिटिभ बिरामीहरुलाई अक्जिनमा नै राख्नुपरेको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार हाल अस्पतालमा दैनिक १ सय ५० अक्सिजन सिलिन्डरको आवश्यकता भएकोमा अस्पतालले ४४ सिलिन्डर आन्तरिक उत्पादनबाट व्यवस्था गर्दै आएको छ । अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन अल्का अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वाग्मती प्रदेश सरकार, स्थानीय प्रशासन तथा स्थानीय तहलाई आग्रहसमेत गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE