Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

नेपालको पहिलो महिला रेस्लर युनिका दुबईमा सम्मानित

बाग्मती । नेपाली महिला रेस्लर भगवती खड्का (युनिका) सम्मानित भएकी छिन् । दुर्बइ भ्रमणमा रहेकी युनिकालाई नेपाल खेलाडी तथा प्रशिक्षक संघ युएई ९एनपिआई०ले दुवईमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो । युनिका नेपालकी पहिलो महिला रेस्लर हुन् ।

कार्यक्रममा एनपीआइएका अध्यक्ष हिरालाल श्रेष्ठ, उपाध्यक्ष लोकबहदुर श्रेष्ठ एनआरएनए युएईका महासचिव कृष्ण पौडेल, एनआरएनए आइसिसी सदस्य मनोज गोर्खाली, पासाङ सुनिता तामाङलगातले रेस्लर युनिकालाई सम्मान गरेका थिए ।

एनपिआई युएइका अध्यक्ष हिरालाल श्रेष्ठले अनुकुल भएसम्म अग्रजखेलडीहरु समाजसेवीहरुको सहकार्यमा भविष्यमा नेपाली महिलाको रेस्लिङ युएईमा गाराउन पहल गर्ने गरिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा एनपिआईका उपाध्यक्ष प्रशुराम घिमिरेले खेलडीहरुको जीवन संघर्षपुर्ण हुने हुँदा धेरै चुनौती र सामाजिक छेकबारबीच महिलाले यो साहस गर्नु आँफैमा ठुलो चुनौती भएको बताए । यस्तै एनआरएन युएई महासचिव कृष्ण पौडेल प्रथम महिला रेस्लरलाई प्रत्यक्ष भेटी स्वागत गर्न पाउदा सारै खुशी महसुश भएको बताए ।

महिला रेस्लर युनिकाले प्रवासमा यसरी सम्मानित हुन पाउँदा आफू निकै खुसी भएको बताइन् । उनले यसले आफूलाई थप आत्मविश्वासी बनाएको पनि बताइन् । सो अवसरमा उनले नेपालमा महिला रेस्लिङलाई व्यवस्थित बताउँदै नेपाली महिलालाई विश्व रेस्लिङ दौडमा उभ्याउने र डब्लुडब्लुएफको रिङमा चढेर देशको सान बढाउने सोचमा आफू रहेको बताइन् ।

WRITE COMMENTS FOR THIS ARTICLE