Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टरमा जाङबु शेर्पा निर्वाचित

१३ असोज 

काठमाडौँ – नेपाल चीन उद्योग वाणिज्य संघ अन्तरर्गत सिन्धुपाल्चोक च्याप्टरमा नव निर्वाचित अध्यक्ष जाङबु शेर्पाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । साथै सिन्धुपाल्चोक च्याप्टरमा अमृत कुमार खड्काज्यूको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । च्याप्टरले विगत देखि विशेष गरी तातोपानी क्षेत्रमा रहेका व्यापारी वर्ग हक हित तथा दुई देशबिच हुने व्यापार सहज बनाउन कार्य गर्दै आइरहेको छ ।

कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले नेपाल र चीन वीच विद्यमान सुमधुर सम्बन्ध विस्तार एवं आर्थिक तथा व्यापारिक क्रियाकलापमा संघले कार्य गर्दै आइरहेको कुरा बताउनुभयो । साथै हाल कोभिडका कारण नाका सुचारु हुन नसकिरहेको र नाका पूर्ण रुपमा सुचारु गर्न विभिन्न सरकारी निकाय, दुबै देशका राजूुतावास, चीनीया संघ संस्था, सीसीपिआइटी, तिव्वत सरकारलाई आग्रह गर्दै आइरहेको कुरा बताउनुभयो । साथै नव नियुक्ति कार्यसमिति तथा पदाधिकारीहरुलाई सफल कार्यकालका लागि बढाई दिनुभयो ।

कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोक च्याप्टरका अध्यक्ष जाङबु शेर्पाको दुई देश वीच आर्थिक व्यापारिक क्रियाकलाप विस्तार एवं सुमधुर गर्न तथा व्यापारी वर्गको हक हितका लागि सदैव लागि पर्ने कुरा बताउनुभयो ।

 

WRITE COMMENTS FOR THIS ARTICLE