तेस्रो नेपाल आइडल बनिन् सज्जा चौलागाईं
१२ भदौ ,
काठमाडौँ – नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाई भएकी छन् । त्यस्तै प्रवीण बेडुवाल फष्ट रनअप हुन सफल भएका छन् भने सेकण्ड रनअपको उपाधि किरण कुमार भुजेलले जित्न सफल भएका छन् ।
आज नेपाल आइडलको स्टुडियोमै भएको ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनामा सज्जाले आइडलको उपाधि जित्न सफल भएकी हुन्। जसबाट विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट सज्जा चौलागाईं तेस्रो नेपाल आइडल बनेकी हुन् ।
एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको धेरै रुचाइएको कार्यक्रम हो ।
प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE