बन्न सकेन देउवा सरकार ‘समावेशी’
२३ आश्विन, काठमाडौं –प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उहाँको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो ।
देउवाको नेतृत्वमा गत २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । तर, देउवाले विस्तार गरेको मन्त्रिपरिषद् समावेशी छैन ।
देउवा सरकारमा खस आर्य समुदायकै बाहुल्य रहेको देखिन्छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा खस-आर्य समुदायबाट प्रधानमन्त्रीसहित ११ जना मन्त्री रहेका छन्। प्रतिशतको आधारमा हेर्ने हो भने खस-आर्य समुदायको ४४ प्रतिशत सहभागिता छ। खस र आर्य समुदायबाट ११ जना
महिला ६ जना
मधेसी ४ जना
आदिवासी जनजाति ८ जना
दलित १ जना
मुस्लिम छैन
अल्पसंख्यक छैन
यो समाचार राजधानी दैनिकमा छ ।


RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE