Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

निर्वाचन आयोगलाई चुनौती दिँदै महन्थ ठाकुर सर्वोच्चमा

निर्वाचन आयोगलाई चुनौती दिँदै महन्थ ठाकुर सर्वोच्चमा

८ साउन, काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

आयोगले जसपा विवादमा कार्यकारिणी समितिलाई हस्ताक्षर सनाखतको लागि बोलाएपछि ठाकुर सर्वोच्च पुगेका हुन्।

ठाकुर आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई निर्वाचन आयोगले मान्यता नदिई पुरानो कार्यकारिणी समितीका ५० जना सदस्यहरुलाई ‘हेड काउन्ट’गर्न बोलाएको भन्दै सर्वोच्च पुगेका हुन् ।

ठाकुरले निवेदनमा निर्वाचन आयोगको आदेश बदर हुनुपर्ने दाबी गरेका छन्।

WRITE COMMENTS FOR THIS ARTICLE