Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सरकारी वार्ता टोलीले डा. केसीलाई भन्यो– अनसन तोड्नुस्

२४ असोज 
काठमाडौँ अनसनरत् डा. गोविन्द केसीलाई अनसन तोड्न सरकारी वार्ता टोलीले अनुरोध गरेको छ । २७ भदौदेखि आमरण अनसनमा बसेका डा. केसीलाई वार्ता टोलीले एक विज्ञप्ति निकाल्दै अनसन तोड्न अनुरोध गरेको हो ।

यसअघि डा. केसीका मागबारे शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटघाट गरेको थियो ।

शनिबार विहान नै डा. केसी पक्षको वार्ता टोलीले सरकारले डा. केसीको अवस्था गम्भीर हुँदा पनि कुनै ख्याल नगरेको आरोप लगाउँदै विज्ञप्ति निकालेको थियो ।

‘नेपाल सरकार गुणस्तरीय चिकित्सा शिक्षा बिस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दै कोभिड १९ को विश्वव्यापी महामारीले मुलुक आक्रान्त रहेको हालको अवस्थामा यस्तो विषम परिस्थितिलाई मनन एवं आत्मासाथ गर्दै आफ्नो अनशन अन्त्य गरिदिनु हुन प्राडा गोविन्द केसीलाई वार्ता समिति विनर्मतापूर्वक हार्दिक अनुरोध गर्दछ’, सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीको  हस्ताक्षरमा निकालिएको विज्ञप्तिमा भनिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE