काठमाडौंमा ९० प्रतिशत सक्रिय संक्रमित घरमै, १ सय २१ को मृ’त्यु
१० कात्तिक
काठमाडौं – काठमाडौंमा कोरोना संक्रमण लगातार बढिरहेको छ। दैनिक थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौंका हुन थालेका छन् । अहिले उपत्यकामा प्रत्येक दिन २ हजारभन्दा बढी संक्रमित थपिन थालेका छन् । यो हप्ता लगातार उच्च विन्दुमा संक्रमित काठमाडौंमा थपिएका छन् । देशभरका संक्रमितको करिब ७० प्रतिशत काठमाडौं उपत्यकामा भेटिन थालेका हुन् । काठमाडौंमा अहिले ५६ हजार ३ सय १५ संक्रमित छन् ।
काठमाडौंका कूल संक्रमितमध्ये महानगरपालिकामा मात्र २२ हजारभन्दा बढी छन् । महानगरमा कात्तिक ७ गतेसम्म कोरोना संक्रमितको संख्या २२ हजार ३ सय ५० पुगेको छ । १ सयभन्दा धेरै पहिचान नखुलेका संक्रमित छन्। ज्यान गुमाउनेको संख्या १२१ पुगेको छ । महानगरका सवै वडामा संक्रमित संख्या एक सयभन्दा माथि पुग्न लागेको छ। सवै वडाका संक्रमितले ज्यान गुमाइरहेका छन् ।
९० प्रतिशतसंक्रिय संक्रिमत होम आइसोलेनमा
महानगरका सबै वडामा संक्रमण फैलिइसकेको छ। महानगरको स्वास्थ्य शाखाका अनुसार होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढिरहेको छ भने अस्पताल र संस्थागत आइसोलेसनमा बस्नेको संख्या घटिरहेको छ। कात्तिक ७ गतेसम्मको तथ्यांक अनुसार महानगरमा सक्रिय संक्रमितको संख्या ९४४६ छ। तीमध्ये ८ हजार ५ सय ७ जना होम आइसोलेसनमा छन्। यो कुल सक्रिय संक्रमितको ९० प्रतिशत हो ।
यस्तै, अस्पतालमा ५ सय ८५ जना संक्रमित छन् भने संस्थागत आइसोलेसनमा ३ सय ५४जना रहेको महानगरको सहरी स्वास्थ्य महाशाखाको तथ्यांकमा उल्लेख छ । हालसम्म महानगरमा १२ हजार ७ सय ८३ जना संक्रमणमुक्त भएका छन्। महानगरले ३२ हजार ८७ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ । तीमध्ये १० प्रतिशत अर्थात् ४ हजार ४ सय २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
काठमाडौं महानगरका ३० वटा वडामा २ सयभन्दा बढी संक्रमित छन् । सबैभन्दा धेरै वडा नम्बर १५ स्वयम्भुमा छन् । स्वयम्भुमा १६ सय २० जनामा संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ । सँगै रहेको वडा नं १६ बालाजुमा १६ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ । यहाँ ७ जना संक्रमितले ज्यान गुमाएका छन् ।
कुन वडामा कति संक्रमित (कात्तिक ७ गतेसम्मको तथ्यांकका आधारमा)

कूल मृत्यु १२१, कुल संक्रमित २२३५०, होम आइसोलेनमा ८५०७, संस्थागत आइसोलेनमा ३५४, अस्पतालमा ५८५, कन्ट्याक्ट ट्रेसिङ ३२०८७
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE