Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

न्यूनतम पारिश्रमिक लागू गर्न रोजगारदाताहरुका संस्था सहमत

न्यूनतम पारिश्रमिक लागू गर्न रोजगारदाताहरुका संस्था सहमत

१ साउन, काठमाडौं– रोजगारदाताहरुका संस्थाले सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागु गर्ने सहमति गरेका छन् ।

सरकारले एकलौटी ढंगले न्यूनतम पारिश्रमिक निर्धारण गर्ने प्रकृयाप्रति असहमती भएपनि कामदार र श्रमिकको हितका लागि सरकारले जारी गरेको न्यूनतम पारिश्रमिक नै लागु गरी जाने सहमति भएको रोजगारदाता संस्थाहरुले जनाएका छन् ।

उक्त संस्थाहरुले श्रमिकहरुको प्रतिनिधिमूलक संस्थाहरुको संयुक्त ट्रेड युनियन समन्वय समितिका महासचिव सहितका प्रमुख ट्रेड युनियनका प्रतिनिधिहरु समेत र रोजगारदाताको तर्फबाट नेपाल घरेलु तथा साना उद्योग महासंघ, राष्ट्रिय उद्योग व्यापार महासंघ, साना तथा मझौला व्यवसाय महासंघ समेतको उपस्थिति र सहमतीमा श्रमिक र रोजगारदाता दुवै पक्षबीच संयुक्त छलफल गरी सरकारले तोकेको न्यूनतम पारिश्रमिक नै लागू गर्ने सहमति गरेको नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव डम्बर प्रसाद रेग्मीले बताउनुभयो ।

सहमति पत्रमा नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिव रेग्मी, साना तथा मझौला व्यवसायी महासंघ, नेपालका अध्यक्ष बाबुकाजी महर्जन र राष्ट्रिय उद्योग व्यापार महासंघका महासचिव कमल बरालले हस्ताक्षर गर्नुभएको छ ।

रोजगारदाता संस्थाहरुले दिदैँ आएको न्यूनतम पारिश्रमिकमा सरकारले एकलौटी ढङ्गले न्यूनतम पारिश्रमिक निर्धारण गरेकोमा मजदुरहरुका छाता संगठनहरुले असहमति जनाउँदै आएका थिए ।
यसअघि मजदुरहरुको ट्रेड युनियन, नीजि क्षेत्रका छाता संस्था, रोजगारदाता र सरकार समेतको त्रिपक्षीय सहमतीमा न्यूनतम पारिश्रमिक निर्धारण हुँने गरेको थियो ।

सरकारले २०७८ साउन १ गतेदेखि लागु हुने गरी न्यूनतम तलब र महंगीभत्ता सहित श्रमिकहरुको न्यूनतम पारिश्रमिक रु. १५,०००।– निर्धारण गरेको छ ।
सरकारले उक्त निर्णय राजपत्रमा समेत प्रकाशन गरिसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE