Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

दशैंको मुखमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिँदै

२१ आश्विन,काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम सिफारिस गर्न सत्ता गठबन्धनमा सहभागी दलहरू बुधबार छुुट्टाछुुट्टै बैठक बसेका छन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाको अध्यक्षतामा बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारीहरूको बैठक बस्यो । यसैगरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा अलग अलग बैठक बसेको थियो ।

काँग्रेस पदाधिकारी बैठकपछि सहमहामन्त्री डा प्रकाशशरण महतले काँग्रेस पार्टीबाट मन्त्रीहरूको नाम सिफारिस गर्न पदाधिकारी बैठकले काँग्रेसको भागमा परेका मन्त्रालयका लागि मन्त्रीहरूको नाम सिफारिस गर्न छलफल भएको बताउनुभयो।

काँग्रेसबाट गृह, परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र स्वास्थ्यमा यसअघि नै मन्त्री नियुक्त भइसक्नुभएको छ। भागबण्डामा परेका अन्य मन्त्रालयमा मन्त्रीहरू पठाउन पदाधिकारी बैठकमा छलफल भएको छ ।

बुधबार बसेको नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठकले सरकारमा सहभागी हुने तीन जना मन्त्री तथा एक जना राज्यमन्त्रीको नाम टुङ्गो लगाएको छ। बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजङ्ग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्री बन्ने नाम टुङ्गो लगाए पनि कुन मन्त्रालय कसलाई दिने भन्ने विषयमा बैठकले केही पनि निर्णय नगरेको बर्ताएको गोरखापत्र दैनिकमा खवर छ ।

 

प्रायोजित विज्ञापन
प्रायोजक विज्ञापन

 

प्रायोजक विज्ञापन
प्रायोजक विज्ञापन

WRITE COMMENTS FOR THIS ARTICLE