निहारिकाको बच्चा र आरोपी श्रेष्ठको डीएनए टेस्टका लागि नमूना संकलन
काठमाडौं – निहारिका राजपुतको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए टेस्टको लागि नमूना संकलन गरिएको छ । खुमलटारस्थिति विधिविज्ञान प्रयोगशालामा आइतबार एकैपटक बच्चा र आरोपी श्रेष्ठ दुवैजनाको नमूना लिइएको हो ।
कुमारी आमा निहारिकाले लामो समयदेखि आफ्नो बच्चा र आरोपीको डीएनए म्याचिङ गराउनुपर्ने माग राख्दै विभिन्न संघर्ष गर्दै आएकी थिइन् । केही दिनअगाडि मात्रै निहारिका पाजपुतको माग बमोजिम जनकपुर उच्च अदालतले डीएनए परीक्षणका लागि आदेश दिएको थियो ।
त्यसपछि आइतबार आज डीएनए टेस्टका लागि निहारिका आफ्नो बच्चा लिएर खुमलटारस्थित विधिविज्ञान प्रयोगशाला पुगेकी थिइन् । प्रहरीले आरोपी शिवराजलाई पनि उपस्थित गराएको थियो ।
बच्चा र शिवराजको थुक र रगत डीएनए परीक्षणका लागि संकलन गरिएको छ । डीएनए परीक्षणको रिपोर्ट आउन तीन साता लाग्ने जानकारी गराइएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE