Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

कोरोना कहरका कारण होटल व्यवसाय धरासायी हुने जोखिम, तेस्रो त्रैमाससम्ममा सोल्टीले व्यहो¥यो १३ करोड घाटा

कोरोना कहरका कारण होटल व्यवसाय धरासायी हुने जोखिम, तेस्रो त्रैमाससम्ममा सोल्टीले व्यहो¥यो १३ करोड घाटा

३ जेठ काठमाडौं– कोभिड–१९ संक्रमणका कारण चल्न नपाएका ठूला होटलको आम्दानी ऋणत्मक देखिन थालेको छ । गत वर्षको कोरोना कहरका कारण पाँच महिना पूर्ण रुपले बन्द रहेका ठूला होटल यस वर्ष पनि कोरोनाकै कारण संचालन हुन नसकेका कारण आम्दानी दिन प्रतिदिन घट्दै गएको हो ।

आर्थिक वर्ष २०७७÷०७८ को तेस्रो त्रैमासिक विवरणमा ठूला होटलहरुको आम्दानी गत वर्षको तुलनामा पूर्ण रुपले ऋणत्मक रहेको छ । जसकारण ठूला होटलको आम्दानी नमज्जाले घटेको देखिएको हो । यस आर्थिक वर्षको वित्तीय विवरण केहि दिन अघिमात्र होटल ¥याडिसन र सोल्टीले प्रकाशन गरेका थिए । सोल्टी होटलको विवरणमा यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा होटलले १३ करोड ६६ लाख ३८ हजार रुपैयाँ बराबरको नोक्सानी व्यहोरेको छ । यसैगरी यसै अवधिमा ¥याडिसनले २१ करोड भन्दा बढीको घाटा व्यहोरेको छ ।

गत वर्ष यसै अवधिमा सोल्टी होटलले १४ करोड ५ लाख ४७ हजार रुपैयाँ नाफा गरेको थियो । तर यसवर्ष भने ४४ करोड ४९ लाख ७४ हजार खर्च भएको वित्तीय विवरणमा उल्लेख गरिएको छ । यसैगरी यसै त्रैमासमा होटलको कुल सम्पत्ति २ अर्ब १२ करोड ३० लाख ८९ हजार र कुल दायित्व ६० करोड बढी रहेको छ । यसका साथै कम्पनीको प्रति सेयर आम्दानी इपीएस समेत ओरालो लागेर माइनस १ दशमलव ६२ मा झरेको छ ।

कोरोना कहरले ठप्प प्रायः रहेका ठूला होटलमा हालसम्म पनि आन्तरिक र बाह्य पर्यटक आउन सकेका छैनन् । त्यसका साथै होटलमा ठूला राष्ट्रिय र अन्तर्राष्ट्रिय कार्यक्रमहरु पनि नभएकाले नाफा घटेको होटल सञ्चालकहरु बताउँछन् ।

कोरोना कहरका कारण ठूला होटलहरु अझै कति समय नखुल्ने हुन भन्ने अनिश्चित रहेकाले व्यवसाय नै धरासायी हुन थालेको होटल व्यवसायी बताउँछन् ।

WRITE COMMENTS FOR THIS ARTICLE