Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

ब्लयाँङ्केटले घाँटी थिचेर आफ्नै शिशुको हत्या, ‘खाल्डो खनेर गाडेको’ भेटिएपछि आमासहित ४ जना पक्राउ

ब्लयाँङ्केटले घाँटी थिचेर आफ्नै शिशुको हत्या, ‘खाल्डो खनेर गाडेको’ भेटिएपछि आमासहित ४ जना पक्राउ

३० असार, काठमाडौं– नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मोरङबाट ४ जनालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका–५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल रहेका छन् ।

प्रहरको प्रारम्भिक अनुसन्धानबाट आइतबार राति खुस्वुले छोरीलाई जन्म दिई ब्ल्याँग्केटले घाँटी थिची हत्या गरेको खुलेको छ । प्रहरीका अनुसार हत्यापश्चात खुश्वुकै आमा बुवाले संचालन गर्दै आएको रंगेली नगरपालिका–५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर कर्तब्य ज्यान कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE