Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

रेल चल्ने टुङ्गो बिना नै १५६ कर्मचारी भर्ना !

३१ भदौ, जनकपुर – भारतको कोंकण निर्माण कम्पनीसँग सरकारले दुई सेट ब्रोडगेज रेल खरिद गरेको असोज ३ गते एक वर्ष पुग्दैछ । पछिल्लो एक वर्षदेखि जनकपुर–जयनगर खण्डको इनर्वा स्टेशनमा दुई सेट रेल थन्क्याएर राखिएको छ । रेल छोप्न प्रयोग गरिएका त्रिपाल च्यातिएर चिराचिरा परिसकेको छ ।

झन्डै एक अर्ब रुपैयाँ खर्चेर सरकारले भारतसँग खरिद गरेर ल्याएका रेलहरू खुला आकाशमुनि थन्किएकाले खियासमेत लाग्न थालेको छ । रेल्वे ट्रयाकमा प्रयोग गरिएका क्लिपहरू चोरी भइरहेको छ भने नवनिर्मित रेल्वे स्टेशनका झ्यालका सिसाहरू फुटिसकेका छन् र बरण्डा पनि चिराचिरा परिरहेको छ ।

तर, रेल कहिलेदेखि चल्ने भन्ने अझै टुङ्गो हुन सकेको छैन । नेपाल रेलवे कम्पनीका तत्कालीन महाप्रबन्धक गुरु भट्टराईले रेल चलाउन पटक–पटक दिएका मितिहरू घोषणामै सीमित रहेर बितिसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE