तस्करीमा संलग्न घुमुवालाई कारबाही होइन ‘पुरस्कार’ – एसपी भण्डारीको संरक्षणमा बदनाम सई विदामा!
✍️ ब्यूरो रिपोर्ट, सिरहा
२९ असार –सिरहाको सीमा क्षेत्रमा व्यापक तस्करी नियन्त्रण गर्नुको साटो त्यसमा संलग्नता देखाउने सशस्त्र प्रहरीका घुमुवाहरु सुरक्षित ‘सरकारी छातामुनि’ संचालन गरिरहेको तथ्य फेरी एकपटक उजागर भएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर, सिरहाका गणपति एसपी नरेश भण्डारीका प्रिय पात्रका रूपमा चिनिने सशस्त्र प्रहरी नायब निरीक्षक (सई) बिष्णु प्रसाद गौतम र कमल दहाललाई हालै तस्करी संलग्नताको गम्भीर आरोपबीच पनि कारबाही गर्नुको सट्टा नियम विपरीत तरिकाले लामो समयका लागि बिदा पास गरिएको छ।

भन्सारको साहसी कदमले खोल्यो पोल
सिरहा भन्सार कार्यालय माडरले हालै विभिन्न नाकाबाट लाखौं मूल्य बराबरको तस्करीको समान बरामद गरेपछि ती घुमुवाको भूमिका उजागर भएको हो। गस्तीमा रहेका भन्सार अधिकृत बिमल कुमार श्रेष्ठ नेतृत्वको टोलीले बारम्बार सामान नियन्त्रणमा लिँदै जाँदा सशस्त्र प्रहरीको भूमिकामाथि प्रश्न उठेको थियो।
घुमुवाहरुको सेटिङ – तस्करीको मिलेमतोमा संलग्नता

स्रोतका अनुसार सई गौतम र कमल दहाल र गणेश कार्की जिल्लाका विभिन्न नाकाबाट तस्करी गराउने समूहसँग मिलेमतोमा रहेर ‘घुमुवा प्रहरी’को आडमा गैरकानुनी गतिविधि संचालन गर्दै आएका थिए। उनीहरूमार्फत मिलाइएको सेटिङका आधारमा तस्करीका सामग्री भन्सार छलेर नेपाल भित्र्याउने गरिएको देखिएको छ।

एसपीको संरक्षण – कारबाही होइन बिदा!
घटनाको व्यापक खुलासा भएपछि ती घुमुवाहरूमाथि अनुसन्धान वा कारबाहीको अपेक्षा गरिए पनि गणपति एसपी नरेश भण्डारीले उल्टै उनीहरूलाई जोगाउने प्रयास गरेका छन्। एसपी भण्डारी स्वयं उक्त ‘तस्करी सेटिङ’को शृङ्खलामा जोडिएको आशंका गर्दै, उनले आफ्ना विश्वासपात्रहरूलाई बचाउन नियम विपरीत तरिकाले लामो समयको बिदा स्वीकृत गरेको स्रोतको दावी छ।
न्यायको खिल्ली, तस्करीमा संलग्न घुमुवालाई ‘इनाम’
प्रहरी संगठन भित्रको अनुशासन, जवाफदेहिता र पारदर्शिता कायम गर्नुपर्ने बेलामा, तस्करीको आरोप खेपिरहेका घुमुवाहरुलाई कारबाही गर्नुको सट्टा विदा दिएर सुरक्षित राख्नुले सम्पूर्ण संगठनको छविमाथि नै धक्का पुगेको छ।
स्थानीय नागरिक समाज, पत्रकार, र सचेत समुदायले दोषीलाई संरक्षण गर्ने होइन, सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिरहेका छन्। एसपी नरेश भण्डारीको भूमिकामाथि समेत गम्भीर प्रश्न उठिरहेको छ।
यदि सम्बन्धित निकायले यथाशीघ्र निष्पक्ष छानबिन नगरेमा जिल्लामा तस्करी नियन्त्रणको प्रयास पुनः असफल हुने खतरा औंल्याइएको छ।
यता, यस विषयमा एसपी भण्डारी सँग जिज्ञासा लिने प्रायास गरेका थियौ। उनी सँग सम्पर्क भने हुन सकेन
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE