थाइल्यान्डका राजाले पठाएको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो
थाइल्यान्डका राजाले पठाएको स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो
१६ जेठ, काठमाडौं– थाइल्यान्डका राजाले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री पठाउनुभएको छ । राजा महा भाजिरालङकर्णले विशेष जहाजमार्फत् स्वास्थ्य सामाग्री पठाउनुभएको हो ।
स्वास्थ्य सामग्री बोकेको विषेश जहाज आइतबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उक्त सामाग्री नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले स्वास्थ्य सामग्री स्वास्थ्य तथा जसंख्या स्वास्थ्य मन्त्री ह्ृदेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको छ ।
थाइल्यान्डका राजाले नेपाललाई सर्जिकल मास्क, पिपिपई सेट, फेस सिल्ड, र्यापिड एन्टिजेन टेष्ट किट, अक्सिमिटर स्वास्थ्य सामग्री पठाएका हुन्।
स्वास्थ्य सामग्रीको लागि मन्त्री त्रिपाठीले नेपाल सरकारको तर्फबाट थाई नरेशलाई धन्यवाद दिनुभएको छ ।
Special aircraft carrying medical supplies provided by H M King of Thailand arrived Kathmandu this morning. Ambassador of Thailand H E Vosita Vorasaph handed them over to @mohpnep at TIA.
GoN is grateful to Their Majesties and all concerned for this support.@PradeepgyawaliK pic.twitter.com/5BxQccyhB8
— MOFA of Nepal ?? (@MofaNepal) May 30, 2021
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE