विकास खर्च कटाएर भए पनि खोप खरिद गरौँ : शेखर कोइराला
२९ जेठ, काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोरोना महामारीसँग जुध्ने उपाय खोप मात्रै भएकोले अनुदानको भरमा मात्र नपरेर खरिद गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।
उहाँले अहिलेको महामारीबाट पार नपाउने हो भने आर्थिक गतिविधि र जनजीविका नै धरासायी हुने अवस्था आउने भएकोले विकास खर्च कटाएर भए पनि खोप खरिद गर्नुपर्ने बताउनुभएको हो ।
शनिबार साझा सवालका लागि साझा मञ्च विराटनगरद्वारा आयोजित झुम अन्तरसंवादमा उहाँले भन्नुभयो, “सरकार अनुदानमा पाएको खोपको भरमा मात्र परेको छ । तर, यसरी सबै नागरिकले खोप पाउने अवस्था बन्दैन । बरु, पुँजीगत खर्च कटाएर भए पनि खोप खरिद गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ ।”
कोइरालाले अहिले देश कोरोना महामारी र राजनीतिक अन्योलका कारण थप चपेटामा परेको बताउनुभयो । केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले निष्पक्ष चुनाव गराउन नसक्ने भन्दै उहाँले संसद् पुनःस्थापना भए त्यसपछि बन्ने सरकारले चुनाव गराउनुपर्ने बताउनुभयो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE