Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

सुनको भाउ बढ्यो

१९ वैशाख, काठमाडौँ – आइतबार सुन तोलामा सामान्य मूल्य वृद्धि भएको छ ।

शुक्रबार तोलामा एकैपटक ९ सय  रुपैयाँले घटेको सुनको मूल्यमा आइतबार भने तोलामा एक सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

आज तेजावी सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण निषेधाज्ञा लागू भएका कारण देशका अधिकांश शहरमा सुनको कारोबार भएको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: