को हौ तिमि ?
बालेन्द्र तिमि को हौ ?
अन्यायीहरुको राज्यमा छिरेका छौँ
न्याय दिन्छु भन्दै रात भर दौडदै छौँ
को हौ तिमि ?
माया लाग्छ तिम्रो इक्षा शक्तिको,
भगवानमा बहकिन्छु तर बुझ्दिन
को हौ तिमि ?
भगवान हौँ या मानव हिम्मत लिएका छौँ,
जंगारहरुमा पनि मुसुक्क मुस्कुराई,
काँडाका बिचमा टक्क उभिएर
अन्धकारकै बिचबाट मधुरो उज्यालो किरण छर्दै
कालो घटालाई पन्छाउँदै
सर्वत्र उज्यालो छर्न अठोट लिने,
आखिर को हौँ तिमी ?
सटिक ब्याख्या,
चिन्दिन तिमि को हौँ तिमी
सुन्दर कल्पनामा छौँ
फोहोरको थुप्रोमा छौँ
सफाई गर्छु भन्छु ढेडुहरुको बिचमा छौँ
चिर्थालान कि भन्ने डर पनि छ तर झुक्दैनौँ,
सबैलाई आफ्नो सम्झन्छौ
आखिर को हौ तिमि??
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE