Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

लण्डनमा बेलायती रक्षामन्त्री र भूपू ब्रिटिस गोर्खा संगठनबीच छलफल

२४ भदौ,लण्डन-भूपू ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधनका लागि बेलायती रक्षामन्त्री बेन वालेस र ब्रिटिस गोर्खा संगठनहरूबीच छलफल भएको छ। लण्डनस्थित नेपाली राजदूतावासमा रक्षा मन्त्री बेन वालेस, रक्षाराज्य मन्त्री लियो डोचेर्टी, नेपाली राजदूत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनहरूबीच बैठकमा मागबारे छलफल भएको दूतावासले जनाएको छ ।

बैठकमा भूपू गोर्खाहरुको माग सम्बोधनका लागि विगतमा भएको सहमति अनुरूप भूपू गोर्खाका प्रतिनिधिहरू सम्मिलित नेपाल र बेलायत सरकारबीच डिसेम्बरदेखि शुरू हुने वार्ताको लागि वार्ता समिति गठन, वार्ता समितिको टर्मस् अफ रिफ्रेन्स एवं अन्य आवश्यक तयारीका विषयमा छलफल भएको छ।

बैठकमा भू.पू. गोर्खा संगठनका तर्फबाट गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसोका सभापति कृष्णकुमार राई, बीजीडब्लूएसका अध्यक्ष टिकेन्द्र दल देवान, एनइएसएका अध्यक्ष केशबहादुर गुरुङ्ग, गोर्खा पेन्सन इनजस्टिस ग्रुपका अध्यक्ष उदयबहादुर गुरुङ्ग, यूबीजीएनका अध्यक्ष राम राईको उपस्थिति थियो।

त्यसैगरी आमरण अनशनमा बसेका गोरखा सत्याग्रहका प्रतिनिधिहरु ज्ञानराज राई, पुष्पा राणा घले, धन बहादुर गुरुङ्ग, गोरखा सत्याग्रहका प्रवक्ता जुद्धबहादुर गुरुङ्ग एवं राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल तथा सैनिक सहचारी रत्‍नबहादुर गोदार पनि सहभागी थिए।

WRITE COMMENTS FOR THIS ARTICLE