कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप काठमाडौं महानगरपालिकामा आजदेखि लगाउन सुरु
कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप काठमाडौं महानगरपालिकामा आजदेखि लगाउन सुरु
१४ साउन, काठमाडौं– कोरोना विरुद्धको खोप ‘भेरोसेल’को पहिलो मात्रा लगाउन छुटेका सर्वसाधारणलाई काठमाडौं महानगरपालिकाले आजदेखि पुनः खोप लगाउन सुरु गरेको छ ।
महानगरपालिकाले यसअघि खोपको पहिलो मात्रा लगाउन छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने सुरु गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म खोप लगाइने जनाएको छ ।
खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी चालक अनुमति पत्रमध्ये कुनै प्रमाणपत्र लिए जानुपर्ने छ ।
यी प्रमाणपत्रहरु पनि नभएका सम्बन्धित वडाको सिफारिश लिएर खोप केन्द्रमा जानुपर्ने महानगरपालिकाले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE