नेपालसँग सिधा हवाई उडानमा बंगलादेशी राजदूत चौधरीको चासो
१६ असोज, काठमाडौं – नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच सिधा हवाई उडानमा चासो देखाउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा उनले यस्तो चासो देखाउनुभएको हो ।
नेपालबाट २७ किलोमिटर टाढा रहेको बंगलादेश र नेपालबीच सिधा हवाई उडानको सम्भावना रहेको राजदूत चौधरीले बताउनुभयो । उहाँले विराटनगर विमानस्थलबाट नेपाल–बंगलादेशीबच हवाई उडानको सम्भावना रहेको बताउनुभएको हो । दुई देशबीच सिधा हवाई सुरु भएमा दिपक्षीय व्यापार वृद्धि हुने समेत उहाँको भनाई थियो ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE