Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बारामा खेलाडी छनोट सुरु

काठमाडौँ – अगामी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन बारामा खेलाडी छनोटको काम सुरु भएको छ ।

गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन जिल्लाबाट छनोट भएका खेलाडीहरु विच पहिलो चरणमा भदौ १० देखि १२ गतेसम्म जनकपुरमा आयोजना हुने प्रदेश स्तरिय प्रतियोगिता छनोट हुनुपर्नेछ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा फुटबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, भलिबल, भारोतोलन, कुस्ती कवडी, बुद्धिचाल, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, पौडी, सुटिङ्ग, खो–खो, शारिरिक सुगठन लगायत १८ प्रकार खेलहरु हुनेछन् ।

बाराको सिमरा रंगशालामा जिल्ला भरका फुटबल खेलाडीहरु विच प्रतिष्पर्धा भएर आईतवार छनोटको काम सम्पन्न भएको छ भने अन्य खेलहरु कलैया, निजगढमा सञ्चालन भएका छन् ।

बारा जिल्ला फुटबल संघका प्रशिक्षक उमेश श्रेष्ठले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लाबाट टिम छनोटका लागि जिल्लाभरका खेलाडीहरुलाई आह्रवान गरेर अन्तिम छनोट गरिएको बताए ।

फुटबलका लागि ८० जनाबाट भित्रबाट अन्तिम २० जना छनोट गरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE