अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री देउवालाई बैठकमा नआउनुको कारण सोध्ने
५ असार, काठमाडौँ – प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा नआउनुको कारण सोध्ने निर्णय गरेको छ । आइतवार बसेको समितिको बैठकले प्रधानमन्त्री देउवालाई समितिको बैठकमा बोलाइएकोमा अन्तिम क्षणमा बैठकमा उपस्थित नहुने जानकारी गराएको भन्दै बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको हो ।
समितिले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम९एसपीपी० र प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको सम्बन्धमा छलफल गर्न देउवालाई बैठकमा बोलाएको थियो । तर प्रधानमन्त्री देउवाले अन्तिम समयमा आफ्नो सचिवालय मार्फत बैठकमा उपस्थित हुननसक्ने जानकारी गराएका थिए ।
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर सांसदहरुले विभिन्न टिप्पणी गरेका थिए । बैठकले प्रधानमन्त्री बैठकमा आउन नसक्नुको कारण जानकारी गराउन ध्यानाकर्षण गर्ने निर्णय गरिएको समिति सभापति पवित्रा निरौला खरेलले बताइन् । उनले त्यसरी संसदीय समितिमा प्रधानमन्त्री अनुपस्थित हुनेकुरा संसदीय प्रणालीको अभ्यासमा उचित नदेखिएको पनि ध्यानाकर्षण गराएको बताइन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर प्रतिपक्ष दलका सांसदहरुले विभिन्न प्रश्नहरु उठाएका थियो भने सत्तारुढ दलका सांसदहरुले प्रधानमन्त्रीको व्यस्तताका कारण आउन नसकेको धारणा व्यक्त गरेका थिए । लामो छलफलपछि गरिएको समितिको निर्णयमा समेत सत्तारुढ दलका सांसदहरुले असहमति जनाएका थिए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE