Date
सोम, चैत्र २३, २०८२
Mon, April 6, 2026

अति शक्तिशाली चक्रवात “तौकताए”को प्रभाव नेपालमा पनि पर्ने

३ जेठ, काठमाडौँ- हाल पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात “तौकताए”(TaukTae) अझ बिकशित हुने क्रममा रहेको छ । उक्त चक्रवात हाल उत्तर उत्तरपश्चिम तिर बढ्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त चक्रवातको प्रत्यक्ष प्रभाब नेपालमा नपरेतापनि केहि असर नेपालको भूभागमा पर्ने सम्भावना रहेको छ।

सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा सामान्य देखी पूर्ण बदलीको सम्भावना रहेको छ । साथै बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यो सिजनमा मेघगर्जन सहित चट्याङ, हावाहुरी र असिना पानीको समेत सम्भावना रहेकोले सतर्कता अपनाउनु मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सो अवधिमा उच्च हिमालि भूभागमा पर्वतारोहण नगर्न तथा नगराउन हुन समेत महाशाखाले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमवीद् मञ्जु बासीले यो चक्रवात लाई निरन्तर अनुगमन गरिरहेको बताउनुभयो । उहाँले यसको प्रभाव आज देखी नै देखिन थाले पनि भोलिदेखी मौसममा अझै परिवर्तन हुने जनकारी दिनुभयो । उहाँले भोलिदेखी देशका विभिन्न स्थानमा भारी देखी समान्य बर्षा समेत हुन सक्ने सम्भावना रहेको बताउनुभयो ।

WRITE COMMENTS FOR THIS ARTICLE