Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

देउवालाई भेट्न बुढानिलकण्ठ पुगे प्रचण्ड

२५ फागुन
काठमाडौँ – नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

माओवादी केन्द्रको स्थायी कमिटिको बैठक सकेर अध्यक्ष प्रचण्ड छलफलका लागि देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।

सत्ता साझेदारबारे कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय गरेलगत्तै प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेको अनुमान गरिएको छ । ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ गठबन्धन बन्न सक्ने चर्चाबीच प्रचण्ड र देउवाबीच भेटघाट भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE