Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

३१ भाद्र

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला अस्पताल भर्ना भएका छन्।

गत भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसिरहेका कोइराला आज बिहान काठमाडौंको ओम अस्पताल भर्ना भएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए।

तिवारीका अनुसार अत्यधिक ज्वरो आएपछि उनलाई अस्पताल लगिएको हो। उनको अहिले आइसियुमा राखेर उपचार भइरहेको र ज्वरो कम भएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE