Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

१७ साउन, काठमाडौं– आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीबाट एक पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाणेनी गाउँपालिका–८ बस्ने ४८ वर्षीय पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE