Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सरकारद्वारा विप्लवसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन

१८ फागुन
काठमाडौं –
सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग वार्ता गर्न टोली गठन गरेको छ ।

दुई सदस्यीय टोलीमा गृहमन्त्री रामबहादुर थापा (बादल) को संयोजकत्वमा गठित वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

सरकारले एक वर्षअघि गत फागुन २८ गते नेकपा विप्लव समूह अपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो।
विप्लव समूहले अपराधिक कृयाकलाप गरेको,विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर थियो।

WRITE COMMENTS FOR THIS ARTICLE